ग्लोबल र जनता बैंकले मर्जर प्रस्ताव पारित गर्न बोलाए साधारण सभा


मर्जरको प्रक्रियामा रहेका ग्लोबल र जनता बैंकले साधारणसभा बोलाएका छन । साधारणसभामा संयुक्त मर्जर समितिले तय गरेको शेयर आदान प्रदान अनुपातको प्रस्ताव पारित गराउने कार्यक्रम छ । मर्जर समितिले ग्लोबल आइएमईको १०० कित्ता बराबर जनताको ८५ कित्ता हुने गरी स्वाप रेसियो तय गरेका छन् । यो प्रस्ताव पारित गराउन दुबै बैंकले मंसिर २ गते साधारणसभा आह्वान गरेका हुन् ।

ग्लोबल आइएमईले गत आर्थिक वर्षको नाफाबाट १२.७५ प्रतिशत नगद लाभांस र १२.७५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव साधारणसभामा पेस गर्दै छन् ।

उता जनता बैंकले ६ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाँदै छ । जनता र ग्लोबल आइएमई एक आपसमा गाभ्ने गाभिने संझौता भए सँगै असार २२ गतेदेखि दोस्रो बजारमा कारोबार बन्द छ ।