टोखामा प्राइम बैंकका २ शाखा


प्राइम कमर्सियल बैंकले टोखा नगरपालिकामा दुईवटा नयाँ शाखा बिस्तार गरेको छ । दुई शाखा सञ्चालनमा आएसँगै बंैकको शाखा संख्या ९९ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच बैंकका संचालक नरेन्द्र बज्राचार्यले ग्राण्डी शाखा र संचालक मनोज पौडेलले बानियांटार शाखाको उदघाटन गरेका छन् ।

आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै जाने बैंकले जनाएको छ ।