सानिमा बैंकको दीर्घायु बचत तथा तलब खातामा सुविधै सुविधा

0
Shares

सानिमा बैंकले बचत कर्ताहरुका लागि स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता संचालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुवाट ग्राहकले ५ हजारको बार्षिक स्वास्थ्य परिक्षण सुविधा लिन सक्नेछन् । साथै, नेपाल र भारतमा हुने उपचारमा एक लाख सम्मको औषधि उपचार बीमा सुविधा लिन सकिने बैंकले जनाएको छ ।

त्यसैगरी, यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ लाख बीमा रकम दावी गर्न सकिने बैंकको भनाई छ । यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको ३ लाख रुपैया बीमा तथा २५ हजारको मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहेको छ ।