उद्योगी रुप ज्योतीको गिरफ्तारीप्रति चेम्बरको गम्भीर आपत्ति

0
Shares

नेपाल चेम्बर अफ कमर्सले उद्योगी रुप ज्योतीको गिरफ्तारीप्रति चेम्बरको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले रुप ज्योती र उनकी छोरी सुरुची पक्राउले निजी क्षेत्र मर्माहित भएको उल्लेख गरेको छ ।

‘लामो समय देखि नेपालको औद्योगिकीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएका वरिष्ठ उद्योगपति तथा व्यवसायी रुप ज्योतीको गिरफ्तारी प्रति नेपाल चेम्बर अफकमर्सको गम्भीर ध्यानाकर्षण भएको छ । अपराध नै प्रमाणित नभई केवल उजुरीको भरमा, आफ्नो भ्रमण पूरा गरी विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट रुपज्योतीलाई उहांँकी छोरी सुरुची सहित पक्राउ गरिएकोले निजी क्षेत्र मर्माहित भएको छ ।’ चेम्बरको विज्ञप्तिमा छ ।

देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनिय राजश्व योगदान गरी रहेका उद्यमी÷व्यवसायीलाई अमर्यादित व्यवहार गरिदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानीमैत्री वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न जाने चेम्बरको भनाई छ ।

कानून परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी÷व्यवशायीलाई सम्मानजनक व्यवहार गर्न समेत चेम्बरले सम्बन्धित निकाय सँग विशेष आग्रह गरेको छ।