प्रभु इन्स्योरेन्सले १८ प्रतिशतका दरले बोनस दिने


काठमाडौँ । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असार ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा बोनस शेयर वितरण गरिनेछ ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार  ११ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।