ठगी मुद्दामा ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पनि पक्राउ गर्न अदालतको आदेश

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी पद्म ज्योतिलाई पनि ठगी मुद्दामा पक्राउ गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजालसले ज्योतिलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौलाई आदेश दिएको हो ।

पद्म ज्योति, ज्योति ग्रुपका अध्यक्ष हुन्। ज्योति विरुद्ध घरजग्गा सम्बन्धी ठगी मुद्दा परेको थियो । ल्यान्डमार्क हाउजिङ सम्बन्धी ठगी आरोपमा गत कार्तिक २१ गते पद्म ज्योतिका भाई डा. रुप ज्योति र उनकी छोरी सुरुचि पक्राउ परेका थिए । प्रहरीले ज्योतिलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

ज्योति परिवारमाथि १ करोड ३६ लाख रुपैयाँ ठगीको आरोप छ ।ज्योति समूहले सम्झौता अनुसार हाउजिङ दिन नसकेपछि बिजेन्द्र मल्लले उनीहरु विरुद्द गत वर्षको मंसिर १६ गते महानगरिय प्रहरीमा परिसरमा ठगीको मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति: २५ कात्तिक २०७६, सोमबार  २० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।