८२ करोड पूँजी भएको सेन्ट्रल फाइनान्सले कमायो झण्डै ३ करोड


सेन्ट्रल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजानिक गरेको छ ।

फाइनान्सले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा फाइनान्सको खुद नाफा ४०.२७ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १९ करोड एक लाख तथा शेयरधनी कोषमा चार करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० रुपैंया १६ पैसा रहेको फाइनान्सको प्रतिशेयर आम्दानी अहिले १४ रुपैयाँ २६ पैसा पुगेको छ ।

समीक्षा अवधिमा निष्कृय कर्जा अनुपात ०.७१ प्रतिशतबाट बढेर १.२८ प्रतिशत पुगेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा तथा मूल्य आम्दानी अनुपात ७.५१ गुणाले बढी छ ।