हिमालयन जनरल इन्स्योरेन्सले निकाल्यो लगानीकर्ता निराश बनाउने बित्तीय विबरण


हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा धेरै जसो सूचकहरुमा गिरावट आएको वित्तीय विबरण निकालेको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४ करोड ५ लाख रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफामा २१ प्रतिशतले गिरावट आएको हो ।

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २६ करोड १ लाख रुपैयाँ सञ्चित छ । बीमा कोषमा ४९ करोड २७ लाख रुपैंया सञ्चित रहेको इन्स्योरेन्सले गत आर्थिक वर्षमा ४२ करोड ७७ लाख रुपैयाँ सञ्चित गरेको थियो ।

४७ प्रतिशतले कुल बीमा शुल्क आर्जन घटेको इन्स्योरेन्सले २४ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कुल दावी भुक्तानी पनि ३१ प्रतिशतले घटेर ५ करोड १८ लाख रुपैंयामा समिति भएको छ ।

प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४३ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ८५.६३ गूणाले बढी छ भने प्रति शेयर नेटवर्थ १ सय ७७ रुपैया ४४ पैसा छ ।