सूर्या लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ५ अर्ब ६९ करोड, खुद नाफा ८ करोड नजिक

0
Shares

सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कोषको आकार ५ अर्ब ६९ करोड १२ लाख पुगेको छ। गत आवको यसै अवधिमा बीमा कोषको आकार ३ अर्ब ८९ करोड २१ लाख रहेकोमा एक अर्ब ७९ करोड ९१ लख रुपैयाँले बढेको हो।

चुक्ता पूँजी १ अर्ब २६ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५२ करोड ९३ लाख रुपैयाँ, र महाविपत्ति कोषमा ९ करोड ८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात १०.३८ गुणा छ।

चालू आर्थिक वर्षको असोज मसान्त सम्ममा इन्स्योरेन्सको बीमांकिय मुल्याङ्कन अघिको मुनाफा ७ करोड ८७ लाख रुपैयाँ छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ५५ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आवको तीन महिना अवधिमा कम्पनीले ४०.५९ प्रतिशत धेरै ५७ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट १३ करोड ७ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जाबाट एक करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ।
यस अवधिमा कम्पनीले ३ लाख ५९ हजार ६६० बीमालेख जारी गरी ५८ करोड ७४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६२१ दाबी बापत ९ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५०२ दाबी वापत २ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।