अंकित मूल्य भन्दा कम शेयरमूल्य भएको ङादी ग्रुपको आम्दानी ५ करोड ३५ लाख


धितोपत्रको दोस्रो बजारमा सुचिकृत ङादी ग्रुपको सेयर मूल्य अंकित मूल्य भन्दा तल रहेपनि कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । 

चालू आवको असोज मसान्तसम्म कम्पनीले विद्युत्त बिक्रीबाट ५ करोड ३५ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनील ५ करोड ५ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले विभिन्न शिर्षहरुमा हुने खर्चमा कटौति गरि विद्युत ब्यापारबाट आम्दानी बढाउँदा गत आवको प्रथम त्रैमास अवधिको तुलनामा प्रति सेयर आम्दानीमा ३ रुपैयाँले सुधार गरेको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६९ पैसा कायम गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले वार्षिक २० रुपैयाँ ६८ पैसा कायम रहेको थियो। ५३ करोड ५५ लाख रुपैयाँ पूँजी रहेको यस कम्पनीको ९७ करोड २९ लाख बराबरको सम्पत्ति तथा दायित्व रहेको छ।

असोजसम्ममा कम्पनीको सञ्चालन नाफा ४ करोड ७५ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४ करोड ४९ लाख ४७ हजार रुपैयाँ थियो । गत असोजको तुलनामा अन्य आय भने १० लाख ५४ हजारबाट घटेर ५९ हजारमा खुम्चिएको छ ।

कम्पनीको जगेडा कोषमा ९ करोड ६५ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ०३ पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १८१ रुपैयाँ रहेको छ ।