सोल्टी होटलले बढायो बोनस, २६.३१५ प्रतिशत लाभांस


सोल्टी होटलले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ । होटल सञ्चालक समितिको मंसिर २ गतेको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

होटलले १५ प्रतिशत बोनस शेयर र ११.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षको कमाईबाट होटलले पछिल्लो पटक १० प्रतिशत बोनस र १६.३२ प्रतिशत नगद लाभांश बितरण गरेको थियो ।

होटलले आगामी पुस २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारण सभा बोलाएको छ र मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ ।