दर्जन बढी बैंकको आधार ब्याजदर दोहोरो अंक भन्दा माथि, कर्जामा एनआइएसी पहिलो


चालु आर्थिक वर्षको पहिलो त्रैमास एक दर्जन भन्दा धेरै बैंकको आधार ब्याजदर दोहोरो अंक भन्दा माथि रहेको छ । बैंकहरुले निक्षेपमा दिने ब्याजदर ९.५ प्रतिशतको भद्रसहमती गरेको भएपनि कर्जामा दिने ब्याजदर समेत उच्च रहेको आधार ब्याजदरवाट स्पष्ट हुन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोहोरो अंकमा आधार ब्याजदर हुने बैंकको संख्या १३ छ भने बाँकी २ बैंकले पनि दोहोरो अंकलाइ करिब छोएको अवस्था छ । बैंकहरुले कर्जाको ब्याज लिदा आधार ब्याजदर प्लस प्रिमियम गरेर लिने गर्छन । बैंकहरुको औसत आधार ब्याजदर नै ९.५८ रहेको छ । यसले कर्जाको ब्याजदर अझै पनि सिङगल डिजिटमा आउने समभावना नरहेको देखाउछ ।

चालु आर्थिक वर्ष २०७६/७७ मात्र बैंकहरुको औसत पुँजी, कर्जा तथा निक्षेप अनुपात ७६.४३ रहेको देखिन्छ । यसले आगामी दिन बैंकहरुले अझै पनि उल्लेख्य मात्रामा कर्जा प्रबाह गर्न सक्ने अवस्था देखिन्छ । तर, चालु आर्थिक वर्ष पहिलो त्रैमासको अन्ते देखि नै बैंकहरुले कर्जा प्रबाहमा कमी गर्न थालेका छन । बैंकहरुले नयाँ निक्षेप नल्याउदासम्म कर्जा प्रबाह गर्ने अवस्था नरहेको भन्दै आएको अवस्था छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा सस्तो ब्यादरमा राष्ट्रिय बाणीज्य बैंकले कर्जा प्रबाह गरेको छ । असोजसम्ममा बैंकको आधार ब्याजदर नै ६.६० प्रतिशत रहेकोछ । २८ बाािणज्य बैंक मध्ये राष्ट्रिय बाणीज्य बैंकको आधार ब्याजदर सबैभन्दा थोरै हो । यो अवधीमा बैंकको पुँजी, कर्जा तथा निक्षेप अनुपात ७१.९७ प्रतिशत रहेको छ । चालु आवको असोजसम्ममा बैंकले एक खर्ब ८७ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । त्यसपछि नीजि क्षेत्रको स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार ब्याजदर ७.६३ प्रतिशत रहेको छ । यो अवधीमा बैंकको पुँजी, कर्जा तथा निक्षेप अनुपात सबैभन्दा थोरै ६९.९३ प्रतिशत रहेको छ ।

चालु आवको पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै आधार ब्याजदर सिभिल बैंकको रहेको छ । बैंकको आधार ब्याजदर ११.११ प्रतिशत रहेको छ । सबैभन्दा धेरै पुँजी, कर्जा तथा निक्षेप अनुपात हुनेमा जनता बैंक रहेको छ । यो अवधीमा बैंकको पुँजी, कर्जा तथा निक्षेप अनुपात ७९.९४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकको पुँजी, कर्जा तथा निक्षेप अनुपात ८० प्रतिशत भन्दा माथि जानु ह्दैन । त्यसपछि यो अजधीमा सेञ्चुरी बैंकको पनि पुँजी कर्जा निक्षेप अनुपा ७९.२१ प्रतिशत रहेको छ । यो अवधीमा बैंकको आधार ब्याजदर १०.४५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ बाणीज्य बैंकले २८ खर्ब ७७ अर्ब निक्षेप संकलन गरी २६ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । यो अवधीमा सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंकमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । सरकारी कारोबार धेरै हुने भएकाले पनि राष्ट्रिय बाणिज्य बैंकको निक्षेप धेरै भएको हो । सो अवधीमा बैंकको कुल निक्षेप १८७ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । चालु आवको असोजसम्ममा सबैभन्दा थोरै सिभिल बैंकले ४२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै कर्जा प्रबाह गर्ने बैंकमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले सो अवधिमा १६२ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अवधिमा बैंकको आधार ब्याजदर ९.५१ प्रतिशत रहेको छ भने पुँजी कर्जा तथा निक्षेप अनुपात ७८.३५ प्रतिशत रहेको छ । असोजसम्ममा सबैभन्दा थोरै कर्जा प्रबाह गर्नेमा सिभिल बैंक नै रहेको छ । बै.कले सो अवधिमा ४६ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

चालु आर्थिक वर्षको असोजसम्ममा बैंकहरुको औसत आधार ब्याजदर ९.५८ प्रतिशत रहेको छ । त्यसैगरी असोजसम्ममा बैंकहरुको औसत पुँजी, कर्जा तथा निक्षेप अनुपात ७६.४३ प्रतिशत रहेको छ ।