बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत एक करोड धरौटीमा रिहा हुने


बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत १ करोड रुपैंया धरौटीमा रिहा हुने भएका छन् । आइतबार सर्वोच्च अदालतले श्रेष्ठलाई एक करोड रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीसहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलाशले उच्च अदालतको निर्णयलाई बदर गर्दै श्रेष्ठलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसंगै किरण कुमार बोहोरालाई पनि सर्वोच्चले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

यस अघि उच्च अदालतले कमसल धितो प्रकरणमा श्रेष्ठलाई थुनामा राख्ने आदेश दिएको थियो । उच्च अदालतको आदेश आफ्नो पक्षमा नआए पछि श्रेष्ठ सवोच्च अदालत पुगेका थिए ।

झापाका ऋणी सुरेन्द्र श्रेष्ठको नक्कली फाइलमा हस्ताक्षर गरेर पाँच करोड रुपैयाँको कर्जा दिएको आरोपमा उच्च अदालतले श्रेष्ठलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेश आए पछि श्रेष्ठ सर्वोच्चको शरणमा पुगेका थिए ।