मेगा बैंकलाई सन् २०१९ को ‘बैंक अफ दि इयर’ अवार्ड, थप सबल र समृद्ध बनाउने प्रतिबद्धता

0
Shares

मेगा बैंक नेपाल सन् २०१९ को ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले सन् २०१९ का लागि मेगा बैंकलाई ‘बैंक अफ दि एयर २०१९, बाट सम्मानित गरेको हो ।

लण्डनमा बिहीबार आयोजित एक समारोहबीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह तथा प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले “बैंक अफ दि एयर, २०१९” को सम्मान ग्रहण गरे ।

‘दि बैंकर’ ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट प्रत्येक वर्ष सम्मानित गर्दै आएको छ ।

सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले यसबाट थप हौसला मिलेको बताए । यसैगरी, मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले ९ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा प्रदान गरेर प्रतिस्पर्धाको अग्रपंक्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि हासिल गरेको बताइन् । आगामी दिनमा बैंकलाई थप सबल र समृद्ध बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरिन् । अवार्डबाट अघि बढ्न थप हौसला मिलेको उनको भनाई छ ।

यसै साता मेगा बैंकले अन्तर्रा्ष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो ।  मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २,५०० भन्दा अधिक मेगा रेमिटका प्रतिनिधिहरु छन् ।