गण्डकी विकास बैंकद्धारा रत्ननगर अस्पताललाई सहयोग प्रदान

0
Shares

गण्डकी विकास बैंकले रत्ननगर टाडी स्थित बकुलहर रत्ननगर अस्पताललाई २ थान ३ सिटे आगन्तुक कुर्चि सहयोग प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले उक्त अस्पतालाई सहयोग उपलब्ध गराएको जनाएको छ ।

कार्यक्रममा अस्पतालको तर्फबाट व्यवस्थापन समितिका सदस्य (निवर्तमान अध्यक्ष) देवेन्द्र कुमार श्रेष्ठ, मेडिकल सुपरिटेन्डेड डा. विश्वबन्धु बगाले, विभिन्न डाक्टरहरु, अस्पताल कर्मचारी र बैंकको तर्फबाट चितवन क्लस्टर प्रमुख सुरज शर्मा, टाडी शाखाका प्रमुख प्रेम घिमिरे लगायत शाखा कार्यालय नारायणगढ, टाडी, पर्सा,भरतपुर, भोजार्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कुर्चि हस्तान्तरण गर्दै चितवन क्लस्टर प्रमुख सुरज शर्माले बैंकको वर्तमान वित्तिय स्थिति, संस्थागत उत्तरदायित्व अन्तरगतका कार्यक्रम तथा भावि कार्यदिशाबारे जानकारी प्रदान गरे । यस्तै देवेन्द्र कुमार श्रेष्ठ तथा विश्वबन्धु बगालेले गण्डकी विकास बैंकलाई सहयोग प्रति धन्यवाद दिदै आगामी दिनहरुमा पनि बैंकबाट यस्तै प्रकारका अन्य सहयोगको अपेक्षा राखेको बताए ।