युनाईटेड फाईनान्स व्यवसाय विस्तारमा आक्रमक, एकैदिन खोल्यो सात शाखा

0
Shares

युनाईटेड फाईनान्स लिमिटेडले शुक्रबार एकै साथ भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी तथा धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले एक समारोहका बिच गरे ।

अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकहरुले गरे ।

यसका साथै फाइनान्सको शाखा संख्या पश्चिममा सुर्खेत देखि पूर्वमा ईलाम सम्म २२ वटा पुगेको छ । यसका साथै युनाईटेड फाईनान्स पूजीं तथा शाखा संजालका हिसावले देशको सबै भन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको छ ।

सेवा संचालनको २५ औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ ।

फाइनान्सले २०७६ असोज मसान्त सम्म करीव ६ अब ७० करोड निक्षेप तथा ६ अरव १४ करोड कर्जा परीचालन गरेको छ । गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभं वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।