युनाइटेड इन्स्योरेन्सको लिलामी शेयरको न्यनुतम मूल्य १८० रुपैंया ८० पैसा, संस्थापक शेयर बिकेन


युनाइटेड इन्स्योरेन्सले लिलामीमा राखेको शेयरको प्रारम्भिक न्यनुतम मूल्य १८० रपैयाँ ८० पैसा कायम भएको छ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अन्तिम नतिजा आउन बाँकी छ ।

इन्स्योरेन्सको साधारण शेयरका लागि ५३४ वटा आवेदन परेको थियो भने संस्थापक शेयरका लागि एउटा पनि आवेदन नपरेको क्यापिटलले जनाएको छ ।

केही समय अघि इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद बिक्री गर्ने क्रममा आवेदन नपरेको शेयर लिलाम गरेको हो ।

मंसिर १० गतेदेखि १७ गतेसम्म १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक शेयर र ३ लाख ४१ हजार ५४३ कित्ता साधरण शेयर लिलामीमा राखेको थियो ।