नेपाल बङ्गलादेश बैंकको ५ प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा बिहीबार नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य समायोजन भएको छ ।

बैंकले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले बोनसपछिको समायोजित मूल्य प्रतिकित्ता १९५ रुपैयाँ २४ पैसा कायम गरेको छ ।

बैंकले प्रस्तावित लाभांश पारित गर्न पुस ७ गते सोमबार राष्ट्रिय सभागृह काठमाण्डौंमा पच्चिसौं वार्षिक साधारण सभा बोलाएको छ । साधरण सभा प्रयोजनका लागि आज देखि बैंकको बुक क्लोज भएकाले शेयर मूल्य समायोजन भएको हो।

बैंकको साधारण सभाले चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४० करोड ४४ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर समेत गरी ७ प्रतिशतले हुन आउने ५६ करोड ६१ लख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।