सुन प्रतितोला ४०० ले बढ्यो

0
Shares

एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला ४०० र चाँदीमा प्रतितोला १० वृद्धि भएको छ ।

महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ८४० निर्धारण गरिएको छ ।

अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला ७० हजार ८००, तेजाबी सुन प्रतितोला ७० हजार ५०० र चाँदी प्रतितोला ८३० मा खरीद बिक्री भएको थियो ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।