सनराइज बैंकको १२८ औं शाखा नुवाकोटको बट्टारमा

0
Shares

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा नुवाकोट स्थित बट्टारमा १२८ औं शाखा संचालनमा ल्याएको छ।

शाखा उद्घाटनका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउदैं लाने बताए ।

हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।