हिमालयन बैंकको शाखा सिन्धुलीको खुर्कोटमा

0
Shares

हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा गोलान्जोर—७, साझा चोक, खुर्कोट, सिन्धुलीमा पौष ९ गतेदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको उद्धघाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरे ।

सो अवसरमा श्रेष्ठले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंकले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पु¥याउने प्रतिवद्धता जनाए ।

देशको राजधानी काठमाडौलाई तराई मधेशसंग जोड्ने वि पि राजमार्गको मध्य भाग तिर पर्ने खुर्कोट व्यापारिक दृष्टिकोणले सिन्धुली जिल्लाको महत्वपूर्ण स्थान हुनुका साथै रामेछाप जिल्ला जाने मुख्य नाका पनि भएकोले उद्योग तथा व्यवसायिक लगानीका लागि यस क्षेत्रमा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको उनको भनाई थियो ।