बीमा कम्पनीका शेयरमा लगानीकर्ताको चासो बढ्दा नेपाल लाइफमा उच्च आकर्षण

0
Shares

शेयर बजारका लगानीकर्ताको चासो लाभांश घोषणा गर्न बाँकी रहेका कम्पनीहरुमा देखिएको छ । अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गरिसकेको अवस्थमा लाभांश घोषणा गर्न बाँकी रहेका विशेषगरी जीवन बीमा कम्पनीहरु लगानीकर्ताको रोजाईमा परेका छने ।

सोमबारको बजारमा जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै बढेको छ भने यसै समूहको नेपाल लाइफको उच्च कारोबार भएको छ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गर्न बाँकी छ । लाभांश घोषणा गर्ने चर्चाले शेयरको माग बढ्दा मूल्य तथा कारोबारमा सुधार आउन थालेको छ ।

साढे पाँच अंकले बढेको शेयर बजारमा बीमा समूहको सूचक सबैभन्दा धेरै ४.४७ प्रतिशत अर्थात २५६ अंकले उकालो लागेको छ । र्नीजीवन बीमा, म्युचुअल फण्ड, होटल तथा उत्पादन लगायतको सूचक सकारात्मक रहेको बजारमा बैंक वित्त र जलविद्युत समूहका सूचक भने नकारात्मक रहे । 

यसदिन नेपाल लाइफको सबैभन्दा धेरै दश करोड बढीको शेयर किनबेच भएको छ । कम्पनीको शेयर मूल्य समेत ४.५९ प्रतिशत अर्थात प्रतिकित्ता ४३ रुपैयाँले बढेको छ । सूर्या लाइफ र लाइफ इन्स्योरेन्स कपोर्रेशन पनि उच्च कारोबार हुने दश कम्पनीमा परेका छन् । यस्तै उच्चदरले शेयर मूल्य बढ्ने दश कम्पनीको सूचीमा पनि बीमा कम्पनीहरु धेरै रहेका छन् ।

शिवम सिमेन्टको शेयर मूल्य सबैभन्दा धेरै ५.६७ प्रतिशतले बढेको बजारमा स्वदेशी लघुवित्त, एशियन लाइफ, लाइफ कर्पोरेशन, हिमालयन डिष्टलरी नेपाल लाइफ लगायतको शेयर मूल्य बढेको छ । यसदिन सबैभन्दा धेरै माउन्टेन हाइड्रोको शेयर मूल्य साढे पाँच प्रतिशत बढीले घटेको छ ।

सोमबार समग्र बजार सूचक भने ५.५३ अंकले बढेर ११६७.९५ अंकमा पुगेको छ । यसदिन १७७ कम्पनीको ६२ करोड २३ लाख बराबरको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २० करोड बढी हो ।