ब्रोकरसँग सम्पर्क गरि कारोबार खातामा बीओआईडी अद्यावधिक गर्न आग्रह

0
Shares

धितोपत्र बजारको फन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सम्पूर्ण लगानीकर्तालाई आफ्नो कारोबार खाता रहेको धितोपत्र दलाल (ब्रोकर) सँग सम्पर्क गरी आ(आफ्नो बीओआईडी अध्यावधिक गर्न लगानीकर्तालाई आग्रह गरेको हो ।

बैशाख ३० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु हुन लागेकाले नेप्सेले सो आग्रह गरेको हो।  मंगलबारदेखि अनलाईन मार्फत हुने कारोबारमा लगानीकर्ताले कारोबारको आदेश प्रविष्ट गरेपछि निजको धितोपत्र निक्षेप खातामा रहेको शेयर मौज्दात अनिवार्य जाँच गर्ने व्यवस्था मिलाएको भन्दै सो आग्रह गरिएको छ।

एक लगानीकर्ताले एउटा बीओआईडी खातालाई एउटा मात्रै कारोबार खातासँग आबद्ध गराउन सकिने व्यवस्था रहेकाले सोही अनुसार गर्न गराउन भनिएको छ।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने।गराउने सम्बन्धमा धितोपत्र बोर्डबाट जारी भएको विज्ञप्ति समेत अध्ययन गर्न सरोकारवालाहरुलाई सूचतीत गरिएको छ।

प्रकाशित मिति: २८ वैशाख २०७७, आइतबार  १८ : १८ बजे