नेपाल इन्भेष्टमेन्ट बैंकको करिब दुई अर्ब रुपैयाँ डुब्न बाट जोगियो, इटालीमा जित्यो मुद्दा

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकको झण्डै दुई अर्ब रुपैयाँ डुब्न बाट जोगिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको ठेक्का तोडिएपछि इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी)को पर्फमेन्ट ग्यारेन्टी भुक्तानीसम्बन्धी मुद्दा जितेपछि बैंकको झण्डै दुई अर्ब रुपैयाँ फिर्ता आउने भएकोे हो।

सिएमसीले हालेको मुद्दामा इटलीको बोलोङनास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीनजना न्यायाधीशको इजलासले बैंकको पक्षमा फैसला सुनाएकोे हो ।

तनहुँ जलविद्युत आयोजनाले ठेक्का तोडेपछि सीमएसमीले आफ्नो जफत भएको जमानत रकम बैंकलाई भुक्तानी गर्न नपर्ने माग गर्दै अदालत गएको थियो।

सीएमसीको स्टे अर्डर विरुद्ध इटालियन अदालतमा नेपाल इन्भेष्टमेन्ट बैंकको अपिल

अब बैंकले काउन्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको ८५ करोड १४ लाख १६ हजार नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो (१ अर्ब १५ करोड रुपैयाँ) गरी करिब दुई अर्ब रुपैयाँ इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले जानकारी दिए ।

नेपालमा मेलम्ची खानेपानी आयोजनासमेत बनाइरहेको सिएमसीले तनहुँ हाइड्रोपावरको समेत ठेक्का पाएको थियो तर, मेलम्चीको काम छोडेर सिएमसी भागेपछि तनहुँले समेत ठेक्का तोडेको थियो ।

सीएमसीले नेपालमा काम गर्ने अनुकूल वातावरण नभएकोले आयोजना छाड्नुपर्ने अवस्था आएको भन्दै जमानतबापतको करीब दुई अर्ब बराबरको रकम तिर्न नसक्ने दाबी गर्दै मुद्दा हालेको थियो।