कोरोना प्रभावित उद्योग व्यवसायका लागि चालु पूँजी २० प्रतिशत उपलब्ध हुने

0
Shares

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायका लागि चालु पूँजी २० प्रतिशत उपलब्ध गराउने भएको छ । चालु मौद्रिक नीति मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

कोभिड १९ बाट अति प्रभावित उद्योग व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उदेश्यले ऋणीको अवस्था हेरेर र परियोजनाको अवस्था हेरेर २०७६ चैत्रमा कायम रहेको चालु पूँजी कर्जाको सीमा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले थप कर्जा विस्तार गर्न सक्ने व्यवस्था गरेको छ।

चालु बजेटमा व्यवस्था भए बमोजिम स्थापना हुने ५० अर्बको पुनकर्जाकोषबाट निश्चित मापदण्डको आधारमा पर्यटन, मझौला, घरेलु तथा साना उद्योगहरुमा लगायतका व्यवसायको संचालन तथा ती क्षेत्रकमा श्रमिहरुको पाश्रिमिक भुक्तानी तथा रोजगार उद्यम गर्नका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा दिने व्यवस्था गर्ने भएको छ।