उवा महासंघले स्थगित साधारण सभाको मिति तय गर्न बोलायो कार्यसमिति बैठक

-नोटबजार संवाददाता।
काठमाडौं।
१५श्रावण, २०७७, बिहीबार / Jul 30, 2020 17:34:pm

नेपाल उद्योग वाणिज्य महासंघले वार्षिक साधारणसभाको मिति तय गर्न यही साउन २१ गतेका लागि कार्यसमिति बैंठक बोलाएको छ ।

यसअघि महासंघले साउन २६ र २७ गते ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन गर्ने तय गरेको थियो । सरकारले सभा सम्मेलन भेला गर्न अनुमति नदिएको भन्दै साउन ८ गते बसेको महासंघको पूर्वअध्यक्ष र पदाधिकारी भेलाले चुनाव स्थगित गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले विरोध गर्दै आएको थियो । ढकालले पत्रकार सम्मेलन गरेरै उक्त निर्णयको विरोध गरेका थिए ।

महासंंघले साउन २१ गते ५४ औं साधारणसभा सम्बन्धमा निर्णय गर्न बैठक राखेको एक पदाधिकारीले जानकारी दिए । महासंघका पूर्वअध्यक्षहरु सहितको पछिल्लो पदाधिकारी भेलाले सरकारले सभा सम्मेलन खुला गरेको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको थियो।

कोरोनाका कारण गत चैतमा हुनुपर्ने महासंघको साधारण सभा साउन २६ र २७ गतेका लागि सारिएको थियो । उक्त साधरण सभा समेत स्थगित भएपछि नयाँ मिति तय गर्न लागिएको हो। बैठकमा साधारण सभाको मिति र मोडालिटिका बारेमा छलफल हुने बताइएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments