एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमा सर्किट, उच्च मूल्यमा ७८ हजार कित्ता माग

0
Shares

प्राथमिक शेयर सूचीकरण भएर गत साताबाट कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चरको तेस्रो दिन पनि शेयर मूल्य बढेर सर्किट लागेको छ ।

शेयर बेच्नेभन्दा किन्नेको संख्या धेरै भएकाले मार्केट डेफ्थमा बिक्रेता देखिएका छैनन् । बेच्नेहरुले धमाधम १० प्रतिशतले बढेको मूल्यमा शेयर बिक्री गरिरहेका छन् ।
बजार खुलेको केहीबेरमै कम्पनीको शेयरमूल्य सर्किट लागेर प्रतिकित्ता ४०५ रुपैयाँ पुगेको छ ।

झण्डै १० प्रतिशतले बढेको मूल्यमा २८२ अर्डर बाट ७८ हजार ४८५ कित्ता शेयर खरीद अर्डर प्लेस भएको छ । सर्किट मूल्यमा शेयर बिक्री गर्नेहरु भएकाले सेल अर्डरमा केहि देखिदैन ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।