सूर्या लाइफको लिलामी संस्थापक शेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ

-नोटबजार संवाददाता।
काठमाडौं।
२आश्विन, २०७७, शुक्रबार / Sep 18, 2020 11:42:am

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १ सय कित्ता संस्थापक शेयरको लिलामी खुला गरेको छ।

बैंकले सूर्या लाइफको संस्थापक शेयर न्यूनतम प्रतिकित्ता २७५ रुपैयाँमा बोलकबोल गर्न लागेको हो। ईच्छुक लगानीकर्ताले असोज २ गतेदेखि ९ गतेसम्म आवेदन दिन सक्नेछन । आवेदकहरुले न्युनतम १ सय र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन ।

लिलामी शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र काठमाडौँ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ

बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज अर्थात असोज २ गतेदेखि ९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि सोभन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल, बबरमहल, र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments