एनएलजी इन्स्योरेन्स (NLG) ले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने भएको छ ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न मंसिर ५ गते कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँमा बिहान १० बजे १४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले आव २०७५।७६ को सञ्चित मुनाफाबाट चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले कात्तिक २५ गते शेयरधनी दतौ किताब बन्द (बुकक्लोज) गर्ने भएको छ ।
यस अनुसार कात्तिक २४ गते सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
यसैगरी बैंकको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया