नेपाल फाइनान्सको ५ लाख १५ हजार कित्ता शेयर लिलामीमा

0
Shares

नेपाल फाइनान्सले ५ लाख १५ हजार बढी कित्ता शेयर लिलामी बढाबढ गरी बिक्री गर्ने भएको छ ।

फाइनान्सले २ लाख ५५ हजार ०७८ कित्ता संस्थापक शेयर र २ लाख ६० हजार १६५ कित्ता सर्वसाधारण शेयर गरी कुल ५ लाख १५ हजार २४८ कित्ता शेयर पुस १७ गतेदेखि बिक्री खुला गर्न लागेको हो । फाइनान्सले हकप्रदमा बिक्री नभएको शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

फाइनान्सले बिक्रीमा राखेकोे शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले पुस १७ गतेदेखि पुस २४ गते शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

ईच्छुक लगानीकर्तांले बोलपत्र आवेदन फारम प्रभु क्यापिटल कमलादी काठमाडौ, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौ, प्रभु बैंकको शाखा विराटनगर , पोखरा , विरगंज , वुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी बाट पेस गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

बोलपत्र पेश गर्दा संस्थापक शेयरका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण शेयरका लागि न्यूनतम १ सय कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । दशमलवमा आउने गरि शेयर आवेदन गर्न भने नपाइने क्यापिटलले जनाएको छ ।

फाइनान्सले गत मंसिर ४ गतेदेखि १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । जसमा बिक्री नभएको ५ लाख १५ हजार बढी कित्ता शेयर लिलामी गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १३ करोड ५८ लाख ५०० रुपैयाँ छ । हकप्रद र लिलामी पश्चात कम्पनीको चुक्तापूँजी ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँ पुग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७७, शुक्रबार  १२ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।