सेञ्चुरी कमर्सियल बैंकद्धारा २० थान पिपिई सहयोग

0
Shares

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पिपिइ सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त पिपिइ रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन ।

साथै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोभिड १९ को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच पाँच लाख र संघिय सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलबार  १९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।