नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड (NBBL) ले चालु आवको ९ महिना अवधिमा २ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले १७ प्रतिशतले नाफा वृद्धि गरेको हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड ९६ लाख रुपैयाँ निक्षेप तथा ५३ करोड ८ लाख सापटीबाट १ अर्ब २० करोड १४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाट लघुवित्तले १ करोड ८६ लाख बढाएर ७ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको सञ्चालन नाफा ३ करोड ९१ लाख पुगेको छ। गत चैतको तुलनामा ६२ लाख ३० हजार रुपैयाँ बढेको हो।
चुक्ता पूँजी २१ करोड १२ लाख ७६ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १५.६८ रुपैयाँ छ। यस्तै जगेडा कोषमा ९ करोड ९९ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १४७.२९ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात २.१० प्रतिशतमा सुधारिएको छ।
लघुवित्त मिर्मिरे लघुवित्तमा गाभिने प्रकृयामा रहेको छ।












प्रतिक्रिया