सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (SAPDBL) को खुद नाफा गत आवको यसै अवधिको तुलनामा दोब्बर बनेको छ।
काबेली विकास बैंकसँग मर्जर गरि एकीकृत कारोबार गरिरहेको बैंकलाई मर्जरको कारण व्यवसाय वृद्धि हुँदा लकडाउनको बाबजुत नाफा वृद्धि गर्न सघाउ पुगेको हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ करोड २३ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिसम्ममा बैंकले २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले २ करोड ७३ लाख ४४ हजारले नाफा बढाएको हो।
चालु आवको ९ महिना अवधिमा बैंकको वितरण योग्य मुनाफा ८१ लाख ५५ हजार रुपैयाँ मात्र रहेको छ। राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा १ करोड ४ लाख र नियामकीय जगेडा अन्तर्गत ३ करोड ३१ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने न्यून देखिएको हो।
चुक्ता पूँजी ७८ करोड ७१ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा कायम भएको छ। यस्तै बैंकको जगेडा कोषमा १३ करोड ३८ लाख, शेयरधनी कोषमा ४ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ।
चैत मसान्तसम्म बैंकले २ अर्ब ८९ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। समीक्षा अवधिमा बैंकले ७ करोड ३४ लाखले बढाएर १६ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ३ करोड ८१ लाख रुपैयाँले बढाएर ७ करोड ३८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ।
बैंकको खराब कर्जा अनुपात १.६५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १२२.५१ रुपैयाँ , मूल्य आम्दानी अनुपात १२.८६ गुणा, निक्षेप संकलन लागत ८.२३ प्रतिशत, आधारदर १२.६२ प्रतिशत, र पूँजीकोष अनुपात ३०.२२ प्रतिशत रहेको छ।












प्रतिक्रिया