गणपति माइफाइनान्सको शेयर रजिष्ट्रार चयन

0
Shares

गणपति माइफाइनान्स (GMFBS) को शेयर रजिष्ट्रार चयन भएको छ।

कम्पनी सञ्चालक समितिको निर्णय अनुसार गत बैशाख २५ गतेदेखि लागू हुने गरी एनआईबिएल एस क्यापिटल लिमिटेडलाई पुन: शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो।

यससँगै गणपति माइफाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ।

प्रकाशित मिति: ३ असार २०७७, बुधबार  १४ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।