चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थाले मर्जरपश्चात असार २२ गते सोमवारदेखि एकिकृत कारोबार शुरु गरेका छन् ।
दुई लघुवित्त मर्जपश्चात ‘आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था’को नामबाट एकिकृत कारोबार शुरू गरिएको हो । यी दुई कम्पनी एक बराबर एक शेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । 
मर्जरपश्चात आरम्भ चौतारी लघुवित्तको चुक्ता पूँजी २६ करोड ३४ लाख ४८ हजार पुगेको छ । कम्पनीको जगेडाकोष रकम ७ करोड ६० लाख ६५ हजार कायम भएको कम्पनीको निक्षेप ८५ करोड ७३ लाख १५ हजार र कर्जा प्रवाह २ अर्ब ५० करोड ८० लाख ७४ हजार पुगेको छ । दुबै कम्पनीको गरेर खुद नाफा ३ करोड ८१ लाख ९७ हजार कायम भएको छ ।
१५ /१५ जिल्लामा वित्तीय सेवा गर्दै आएका संस्थाको कार्यक्षेत्र ३० जिल्लमा पुगेको छ। संस्थाको ७७ शाखा तथा ३९१ कर्मचारी कायम भएका छन्। मर्जपछि सदस्य संख्या ६२ हजार २०२ र ऋणीको संख्या ३३ हजार ६४ पुगेको बताइएको छ ।
यी दुई संस्थाले २०७६ साल जेठ २२ गते मर्जर जाने सहमति गरेका थिए । नेपाल राष्ट्र बैंकबाट गत फागुन १८ गते स्वीकृति पाएका थिए भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १ गते स्वीकृति लिएका थिए। गत पुस ९ गते दुबै कम्पनीको साधारण सभाले मर्जर सम्वन्धि प्रस्ताव पारित गरेका थिए ।










प्रतिक्रिया