कारोबारी र लगानीकर्तालाई अलग-अलग पूँजीगत लाभकर

0
Shares

संघीय संसदको अर्थ समिति अन्तर्गत गठीत पूँजी बजार र मुद्रा बजार सम्बन्धि अध्ययन उपसमितिले शेयर बजारमा कारोबार गर्ने कारोबारी र दीर्घकालीन लगानीकर्तालाई अलग अलग दरमा पूँजीगत लाभकर लगाउन सुझाव दिएको छ।

सांसद रामकुमार झाँक्रीको नेतृत्वमा गठीत उपसमितिले मंगलबार सभापति कृष्ण प्रसाद दाहाललाई बुझाएको प्रतिवेदनमा यस्तो व्यवस्था गरिएको हो।

उपसमितिले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा एक वर्षभन्दा कम अवधिका लगानीमा ५ प्रतिशत, एकदेखि तीन वर्षसम्मको लगानीमा ३ प्रतिशत र तीन वर्षभन्दा बढी समयका लागि गरिने लगानीमा १ प्रतिशत मात्र पूँजीगत लाभकर लिने व्यवस्था गर्न सुझाव दिइएको छ।

उप-समितिले तीन वर्षभन्दा लामो समय लगानी होल्ड गर्ने लगानीकर्तालाई १ प्रतिशत मात्र पूँजीगत लाभकर लगाउन सुझाव दिएको छ। धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न र छोटो अवधिको लगानीबाटै राम्रो प्रतिफल खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको सांसद रामकुमारी झांक्रिले बताइन्।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार  १४ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।