नेपाल एसबिआई बैंकको २७ औं वार्षिकोत्सव सम्पन्न

0
Shares

नेपाल एसबिआई बैंक (SBI) ले ७ जुलाई २०२० मा बैंकको २७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिण द्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।

नेपाल एसबिआई बैंकले आयोजना गरेको समारोहमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त द्वारको उद््घाटन गरेका थिए ।

सोही अवसरमा माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले पशुपति क्षेत्रमा रहेको नेपाल एसबिआई बैंकको एटिएमको पनि उद्घाटन गरेका थिए।

बैंकको २७ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल एसबिआई बैंकले कमलादीस्थित आफ्नो परिसरमा बैंकको कर्पोरेट कार्यालयको शिलान्यास गरेकोे छ ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार  २० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।