मार्जिन लेण्डिङको सीमा ७०% कायम, १२० दिनको आधारमा औषत मूल्य गणना

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जा मूल्यांकनको सीमा ५ प्रतिशतले बढाएको छ ।

हाल शेयर धितो कर्जा मूल्यांकनकोे सीमा ६५ प्रतिशत रहेकोमा त्यसलाई बढाएर ७० प्रतिशत पुर्याएको छ।

धितोपत्र बोर्डले मार्जिन लेण्डिङको सीमा ७५ प्रतिशत पुर्याउन राष्ट्र बैंक समक्ष सिफारिस गरेको थियो ।

यसैगरी शेयर कर्जा प्रबाहका लागि गरिने औषत गणना अबधिलाई समेत घटाइएको छ । यसअघि १८० दिनको औषत मूल्यलाई आधार मानेर बैंक तथा वित्तीय संस्थाले शेयर कर्जा प्रदान गर्दै आएकोमा त्यसलाई घटाएर १२० दिनमा झारिएको छ ।

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।