पीएसओ र पीएसपीको नयाँ लाइसेन्स स्थगित

0
Shares

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी) को नयाँ अनुमति प्रदान गर्ने कार्य स्थगित गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्था अनुसार आइतबारबाट सैद्धान्तिक सहमति प्रदान गरिएका संस्थावाहेक नयाँ अनुमतिपत्र प्रदान गर्ने काम रोकिएको राष्ट्र बैंकले जनाएको छ।

भुक्तानी सेवाप्रदायक कम्पनीले आगामी आर्थिक वर्ष २०७८ असार मसान्तसम्म मासिक औसत कारोबार ६ लाख र ३ लाख ग्राहक नपुर्याए अनुमतिपत्र खारेज गर्ने व्यवस्था मौद्रिक नीतिमा छ ।

राष्ट्र बैंकबाट हालसम्म ९ वटा संस्थाले भुक्तानी प्रणाली सञ्चालक र १४ वटा संस्थाले भुक्तानी सेवा प्रदायकको अनुमति लिएका छन्। 

प्रकाशित मिति: ४ श्रावण २०७७, आइतबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।