सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा पराजुली

0
Shares

सानिमा बैंक (SANIMA) को स्वतन्त्र सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको साउन ६ गते सम्पन्न बैठकले पराजुलीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

झापा जिल्ला हल्दिवारी ४ स्थायी ठेगाना भई हाल बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपन बस्दै आएका पराजुलीलाई आगामी चार वर्षका लागि सानिमा बैंकको स्वतन्त्र सञ्चालक चयन गरेको बैंकका सचिव रुद्रप्रसाद बन्जाराले जानकारी दिए।

प्रकाशित मिति: ७ श्रावण २०७७, बुधबार  १२ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।