पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ७.२५ प्रतिशत ब्याजदरमा घरकर्जाको योजना ल्याएको हो ।
एकवर्षसम्म ब्याजदर परिवर्तन नहुने र अधिकतम एक करोड ५० लाखसम्म कर्जा पाइने बैंकले जनाएको छ । अधिकतम २० वर्षसम्मका लागि यस किसिमको कर्जा दिने भएको हो । बैंकले कर्जा प्रक्रिया सुरु गरेको ७ कार्य दनभित्र कर्जा उपलब्ध गराउने छ ।

बैंकले नयाँ घर निमार्ण तथा खरीदका लागि यो कर्जा उपलब्ध गराउने जनाएको छ । साथै कर्जा स्वाप गर्ने सुविधा पनि रहेको बैंकले जनाएको छ ।
पछिल्लो समयमा बैंकहरुबीच नयाँ कर्जाको ब्याजदर घटाउन प्रतिस्पर्धा नै चलेको छ । यसै क्रममा राष्ट्रिय वाणिज्य बैंकले पनि कर्जाको ब्याजदर घटाएको हो।
संचालनमा रहेका वाािण्ज्य बैंकहरुमध्ये सबैभन्दा कम आधारदर वाणिज्य बैंकको भएकाले पनि अन्य बैंकमा भन्दा यो बैंकको कर्जाको ब्याजदर न्युन हुने गरेको छ । बैंकको जेठ महिनासम्मको आधारदर ६.०७ प्रतिशत छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया