शनिबार ३७८ कोरोना संक्रमित थपिँदा उपत्यकामा ६२, कहाँ कति थपिए ?

0
Shares

नेपालमा देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाण्डौं उपत्यकामा मात्रै ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाण्डौंमा ५६ जना , ललितपुरमा ३ जना र भक्तपुरमा ३ जना संक्रमित थपिएका हुन्।

यसैगरी पर्सामा ५५, बाँकेमा ४९, मोरङमा ३७, सर्लाहीमा ३६, धनुषामा २०, महोत्तरीमा १७, बाग्लुङमा १३, सुनसरीमा १०, काभ्रेमा ७, स्याङ्जामा ७, बारामा ७, मकवानपुरमा ६, र रामेछापमा ५ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ ।

उता कैलालीमा ४, कञ्चनपुरमा ४,रौतहटमा ४, सुर्खेतमा ३, बझाङमा ३, कास्कीमा ३, सिन्धुलीमा २, धादिङमा २, चितवनमा २, दोलखामा २ तथा नुवाकोटमा १, म्याग्दीमा १, रुकुम पश्चिममा १, बर्दियामा १ र जाजरकोटमा १ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । शनिबार थप ४९९ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै १६ हजार ३१३ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन्। शनिबार थप ३ जनाको मृत्युसँगै मृतकको संख्या ७३ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ६ हजार २७९ जनामा संक्रमण जारी रहेको छ भने आइसोलेसनमा ६ हजार २०६ जना संक्रमित छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ७ हजार ७८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै हालसम्म कूल ४ लाख ३५ हजार २८९ वटा पीसीआर विधिबाट परीक्षण भएको छ। आरडिटी परिक्षणको संख्या ३ लाख १२ हजार ४०२ वटा सम्पन्न भएको छ। देशैभरका क्वारेन्टिनमा १० हजार ७९२ जना छन् ।

.समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।