विश्वमा एक करोड २५ लाख ६९ हजार ३५४ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी ७ लाख २४ हजार ७३७ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सो संगठनका अनुसार शनिबारसम्म विश्वभरीमा १ करोड ९५ लाख ७४ हजार ५९२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
ती मध्ये १ करोड २५ लाख ६९ हजार ३५४ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६२ लाख ८० हजार ५०१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९७ हजार १८७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ६४ हजार १३९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
यसैगरी ब्राजिलमा २९ लाख ६७ हजार, भारतमा २० लाख २९ हजार, रुसमा ८ लाख ८२ हजार, दक्षिण अफ्रिकामा ५ लाख ४५ हजार कोराना संक्रमित रहेका छन्। यी देशहरुमा क्रमश: ९९ हजार ७०२, ४२ हजार ६२६, १४ हजार ८५४ र ९ हजार ९०९ जनाको मृत्यु भएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया