गुराँस लाइफ इन्स्योरेन्स कम्पनी (GLICL) को ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा आउने भएको छ।
कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा सो परिमाणमा शेयर बिक्री नभएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ। केही दिनभित्रमा नै लिलामीमा सूचना प्रकाशनमा ल्याइने क्यापिटलले जानकारी दियो।
इन्स्योरेन्सले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।
सो हकप्रदमा रितिपूर्वक आवेदन दिने १२ हजार ९०३ जना शेयरधनीलाई ८७ लाख ९५ हजार १८६ कित्ता शेयर साउन २२ गते बाँडफाँड गरिएको छ।
उक्त हकप्रदमा फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने व्यवस्था रहेको थियो। हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते सोमबार शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको थियो।
इन्स्योरेन्सले बिक्रीमा ल्याएको यस हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको सङ्केत गर्दछ।
हाल ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको यो हकप्रदको लिलामी बिक्री पश्चात एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया