नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक

0
Shares

नेपाल बङ्गलादेश बैंक (NBB) ले साउन २५ गते आइतबारदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

बैंकले हाल मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेको हो। नयाँ परिवर्तित ब्याजदर अनुसार अब नेपाल बङ्गलादेश बैंकमा मुद्दती निक्षेप राख्ने व्यक्तिगत निक्षेपकर्ताले एक वर्षभन्दा बढी अवधिमा ८.२५ प्रतिशत ब्याजदर पाउनेछन्।

यसैगरि संस्थागत बचकर्ताले मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज पाउनेछन् भने यसअघि नेपाल बङ्गलादेश बैंकमा मुद्दती निक्षेप राख्दै आएका संस्थाले सोही बैंकमा पुन: नवीकरण गर्न चाहेमा थप ०.१० प्रतिशत गरी ७.१० प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ।

यसअघि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९.२५ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा ८.५० प्रतिशत र नवीकरण हुने मुद्दती निक्षेपमा ८.६० प्रतिशत ब्याज दिँदै आएको थियो।

उक्त ब्याजदर त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार  १८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।