प्रभु इन्स्योरेन्सको लाभांश वितरण

0
Shares

प्रभु इन्स्योरेन्स (PRIN) ले २०७६ माघ ९ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुलाई बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको छ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस शेयर शेयरधनीको खातामा पठाउन थालेको हो। कम्पनीले यसअघि नै ११।३२ प्रतिशत नगद लाभांश पनि शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा जम्मा गरिसकेको छ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर तथा कर सहित ११.३२ प्रतिशत नगद गरि १६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो। उक्त लाभांश २०७६ माघ २४ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो।

उक्त बोनस माघ ९ गतेसम्म कायम शेयरधनीले पाउनेछन्।

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार  २१ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।