दुई घण्टामा ८५ करोडको कारोबार, रि इन्स्योरेन्समा आकर्षण

0
Shares

मंगलबार कारोबारको दुई घण्टा अवधिमा ८४ करोड ७० लाख बढीको शेयर कारोबार भएको छ। यससम्मको कारोबारमा नेपाल रि इन्स्योरेन्स कम्पनीको शेयरमा आकर्षण देखिएको छ। कम्पनीको शेयरमूल्य बढेर उच्च कारोबार भएको छ।

यस अवधिमा नेप्से २.७७ अंकले बढेर १४३४.३७ बिन्दुमा पुगेको छ। १८२ कम्पनीका १७ लाख ४७ हजार ५७५ कित्ता शेयर ११ हजार २६३ पटक खरीद बिक्री भएका हुँदा करिब ८५ करोडको शेयर कारोबार भएको हो।

कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ब्यापार र उत्पादन बाहेक बाँकी दशवटै उपसमुहको सूचकमा हरियाली छाएको छ। नेपाल रि इन्स्योरेन्स कम्पनीको १३ करोड ५८ लाखको शेयर खरीद बिक्री भएको छ भने नेको इन्स्योरेन्सको ६ करोड ८६ लाख र नेपाल लाइफको ४ करोड ३६ लाखको शेयर कारोबार भएको छ।

श्री इन्भेष्ट फाइनान्सको शेयरमूल्य ५.३७ प्रतिशतले बढ्दा आशा लघुवित्त, हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको ५ प्रतिशतले घट्दा नेशनल, जोशी, युनियन हाइड्रोपावर लगायतको शेयरमूल्य घटेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलबार  १३ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।