मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नायब कार्यकारी प्रमुखमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् ।
लघुवित्त कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई भदौ ७ गतेदेखि लागू हुने गरी नायब कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । यसअघि उनी प्रमुख कार्यकारी अधिकृत थिए ।
यस्तै सोही बैठकले विद्यमान नायब कार्यकारी प्रमुख विर्ख बहादुर बोहरालाई सहायक कार्यकारी प्रमुख पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
नागबेली लघुवित्तसँगको एकीकृत कारोबार पश्चात न्यौपाने र बोहरा दुबै जनाको एक तह घटुवा गरिएको हो।
दुई सञ्चालक नियुक्त
त्यसैगरी भदौ ७ गते देखि लागू हुने गरी रिक्त सञ्चालकमा नियुक्त गरेको छ । कम्पनीले संस्थापक समूहको सञ्चालक पदमा सञ्जय कुमार श्रेष्ठ र सर्वसाधारण समूहको सञ्चालक पदमा दिप कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालन भएपछि बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरी उनीहरूलाई सञ्चालक नियुक्त गरेको हो ।
लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा टेकबहादुर बोहरा, सदस्यहरूमा सन्तोष फुयाँल, दीपबहादुर श्रेष्ठ, सञ्जयकुमार श्रेष्ठ, सञ्जु घिमिरे र मणि बोहरा थापा छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया