नेपाल फाइनान्स कम्पनी (NFS) को भदौ ११ गते एकैपटक आह्वान गरेको आठ आर्थिक वर्षको साधारण सभा स्थगित भएको छ ।
कोरोना महामारी नियन्त्रणका लािग सरकारले सभा, सम्मेलन तथा गोष्ठी गर्न निषेध गरेका कारण उक्त कम्पनीको साधारण सभा स्थगित भएको हो । कम्पनीले २० औं देखि २७ औंसम्म गरि आठ आवको वार्षिक साधारण सभा भदौ ११ गते डाकेको थियो।
सभाले विसं २०७४ फागुन २९ गतेको विशेष साधारण सभाबाट पारित हकप्रद शेयर निष्काशन बाँडफाँडपछि कायम चुक्ता पूँजीको १७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव राखिएको थियो।
साथै उक्त कम्पनीको प्रस्तावमा अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने, गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन २६ गते बन्द गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया