
नेपालमा मंगलबार ८५५ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । यस्तै मंगलबार थप ७ ( ६ पुरुष, १ महिला) जना सहित संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३९ प्रयोगशालाबाट ११ हजार ३२७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाण्डौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३१३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ११९ जना डिस्चार्ज भएका छन् ।
मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५० रहेको छ । हालसम्म ६ लाख २१ हजार ९०१ जनाको पीसीआर परीक्षण सम्पन्न गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ५८१ जना र होम आइसोलेसनमा ५ हजार ६६९ रहेका छन् । आजसम्म देशभर १० हजार ४५३ जना क्वारेन्टिनमा रहेका छन् ।
मंगलबार मृत्यु हुनेमा काठमाडौंका ७४ वर्षिय वृद्ध, ६६ वर्षिय वृद्ध, ७१ वर्षिय वृद्धा तथा धनुषाका ७६ वर्षका वृद्ध, पर्साका ६८ वर्षिय वृद्ध, रुपन्देही ५३ वर्षका पुरुष, सिराहाका २२ वर्षिय युवाको पनि कोरोना संक्रमणका कारण निधन भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया